Posts

Showing posts from 2016

Chhaupadi free declaration

कुडारी गाविस वडा नं ९, ढिम्कोट गाउँ अब छाउपडीमुक्त गाउँका रुपमा घोषित भएको छ ।    सेफ एबर्सन एक्सन फन्डको सहयोग, एक्सन वक्र्स नेपालको सहजीकरण तथा कालिका मितेरी महिला समूह, ढिम्कोटको आयोजनामा सो गाउँलाई छाउपडीमुक्त गाउँ घोषणा गरिएको हो ।    झन्डै साढे दुई वर्षको लामो प्रयासपछि उक्त गाउँलाई छाउपडी मुक्त घोषणा गर्न सफल भइएको एक्सन वक्र्स नेपालका तालिम तथा क्षमता विकास अधिकृत सुमन पाठकले जानकारी दिए। अधिकृत पाठकका अनुसार ढिम्कोट अब जुम्ला जिल्लाको नमुना गाउँमा परिणत भएको छ ।    अहिले गाउँका सबै महिला छाउ हुँदा गोठमा बस्दैनन् । ४१ घरधुरी भएको उक्त गाउँलाई छाउपडी मुक्त बनाउन पुरुषको अधिकतम सकारात्मक सहयोग रहेको अधिकृत पाठकको भनाइ छ ।    छाउ भएको समयमा महिलाहरु गोठमा बस्दा हिंसाको सिकार हुनुपर्ने बाध्यताबाट सदाका लागि मुक्त भएको मितेरी समूहका अध्यक्ष कालिका शाहीले बताइन्। सार्वजनिक कार्यक्रमबाट ढिम्कोटलाई छाउमुक्त गाउँ घोषणामा सहयोग पुर्‍याउने संस्था एक्सन वक्र्स नेपाललाई अध्यक्ष शाहीले धन्यवाद दिए।    कुडारी स्वास्थ्य च...